झापा : झापाको अर्जुनधारा नगरपालिकाका नदिहरुमा कार्यरत नदिजन्य श्रमिकहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ । विरिङ्ग र टाङटिङ लगायतका नगरमा पर्ने खोलामा कार्यरत नदिजन्य श्रमिकहरुलाई परिचय पत्र वितरण गर्ने भएको हो ।

सुचिकृत गर्नका लागि बनेकोे नदिजन्य श्रमिक परिचयपत्र वितरण निर्देशिका,२०७५ स्वीकृत गरी लागू गर्ने कार्यपालिकाको बैठकमा निर्णय भएको नगर प्रमुख हरि कुमार रानाले भने, ‘यहाँ कार्यरत सबै मजदुरको हामी अभिलेख राख्छौं ।’ नदिमा काम गर्ने मजदुरको व्यवस्थापन गर्ने सर्वपक्षीय छलफलमा सहमति गत साता मात्र भएको थियो ।

कार्यपालिकाको ४५ औं बैठकको निर्णय अनुसार नदिहरुबाट नदिजन्य सामाग्री उत्खननका लागि भईरहेको अवरोध एवं त्यसस“ग सम्बन्धित अन्य विषयहरुका नगरपालिका कार्यालयमा भएको सर्वपक्षिय बैठकका निर्णयहरु अनुमोदन गरेको छ । सर्वपक्षीय बैठकको निर्णयानुसार नगरपालिकाको दायित्वमा आउने विषयहरु क्रमशः कार्यन्वयन गर्दै लैजाने नगर प्रमुख रानाले जानकारी दिए ।
बिरिड्ड नदि नियन्त्रणका लागि त्यस क्षेत्रका उपभोक्ता, बुद्धशान्ती गाउ“पालिका,अर्जुनधारा नगरपालिका, प्रदेश र संघीय सरकारबाट लागत साझेदारीमा तटबन्धन तथा चेक ड्याम निर्माण गर्न भएको छ । त्यसका लागि समस्याको अस्थायी÷स्थायी समाधान गर्नका लागि परामर्श तथा प्राविधिक आर्थिक व्यवस्थापनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने उल्लेख छ । नगर प्रमुख रानाले भने हामी यो आर्थिक वर्षदेखि यो काम शुरु गछौं र स्थानीयबासीको मागलाई सम्बोधन गछौंं उनको भनाई थियो ।

त्यस स्थानमा दिर्घकालिन समस्या समाधानका लागि झापा जिल्ला सि“चाई, खानेपानी तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयस“ग समन्वय गरी खानेपानीको मुहान तथा कृषि कुलोको संरक्षण र नदि कटान समेतको संरक्षण गर्न प्रारम्भिक अध्ययन छलफल गरी आवश्यक आगामी कार्ययोजना निर्धारण गर्ने भनी उल्लेख गरिएको छ । नगर प्रमुखको नेतृत्वमा सम्बन्धित विषयगत कार्यालयका प्रमुख सहित त्यस कार्यका लागि वडा–१ माटे अवस्थित अर्जुनधारा खुदुनाबारी खानेपानीको मुहानमा पर्ने जोरसखुवाको स्थलगत अवलोकन समेत भैइसकेको नगरका बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले जानकारी दिए ।

सात बुँदे सर्वपक्षीय बैठकको निर्णयानुसार बिरिड्ड, टाड्डटिड्ड नदिमा ठेकेदार र नदि श्रमिकले नदिजन्य सामाग्री उत्खनन गर्ने क्षेत्र छुट्याउने सहमतिमा छ । त्यही अनुरुप कार्यपालिका बैठकले नगरस्तरीय अनुगमन समिति र सम्बन्धित वडा कार्यालयले प्रक्रिया अघि बढाउने जनाइएको छ ।

यता वडा नं–६ स्थित महानन्द चौकमा निर्माणाधिन नगर प्रवेशद्वार निर्माणमा अवरोध गरिरहेको विद्युत पोल स्थानान्तरणका लागि लागत स्टमेट अनुसार नेपाल विद्युत प्राधिकरणस“ग ५०÷५० प्रतिशतको लागत साझेदारीमा स्थानान्तरण गर्ने पनि निर्णयमा राखिएको छ ।
त्यस्तै, साविक शनिश्चरे ६ (क) हाल अर्जुनधारा–११ स्थित पूर्वमा वन,पश्चिममा नम्बरी आवादी तथा देउनिया खोला,उत्तरमा नम्बरी आवादी जग्गा र दक्षिणमा पूर्व पश्चिम राजमार्ग रहेको करिब १० विघाहा क्षेत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइविटीको आंगिक क्याम्पस निर्माण गर्नका लागि लागि अनुरोध गर्ने पनि कार्यपालिका बैठकमा निर्णय भएको प्रवक्ता सकुन्तला बरालले जानकारी दिइन ।