धनुषा: पाँच दिनअघि धनुषाको मिथिला मिथिला नगरपालिका वडा नं ३ हरिहरपुरस्थित मगरटोलमा ११ बर्षीय बालिका बलात्कार गरी जलाएर हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

कञ्चरपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणले निक्कै आलोचित बनेको प्रहरीले सोही प्रकृतिको अर्को घटनामा भने आलोचित हुनबाट जोगिएको छ । प्रहरीले घटनको ५ दिनभित्रै मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भयो । यही फागुन २ गते गाँउबाट उतरतर्फ रहेको मौले कामीको उखुबारीमा नग्न अबस्थामा जलेको शव फेला परेको थियो । उक्त शव सोही स्थानका देवनारायण रसाईलीको बोल्न नसक्ने करिब ११ बर्षकी रेश्मा भन्ने दुतिया रसाईलीको भएको पहिचान खुलेको थियो ।

52462761_562541524256944_48

संवेदनशील घटनाबारे तत्कालै प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धानको क्रममा भारततर्फ भाग्न लागेको अवस्थामा धनुषाको बिदेह नगरपालिका २, दुहबी टोलबाट २२ बर्षीय निरज जर्घा मगरलाई हिजो सोमबार पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका मगरले प्रहरीलाई दिग्भ्रमित पार्न अन्यको नाम पनि बताएका थिए । उनले अन्य तीन जनाको नाम बताएपछि सामुहिक बलात्कार गरी जलाएर हत्या गरेको आशंका गरिए पनि अनुसन्धानको क्रममा मगरले मात्र बालिकालाई बलात्कार गरी जलाएर हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो ।