धरान : फागुन २१ र २२ गते पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको आफ्नै मैदानमाहुन लागेको इन्जिनियरिङ प्रदर्शनी २०७५ लाइ सफल पार्न विद्यार्थीहरु धमाधम लागिपरेका छन् ।

Engenious Purwanchal Exhibition 2075 नाम दिइएको उक्त प्रदर्शनीलाइ अखिल( क्रान्तिकारी) पूर्वाञ्चल क्याम्पस, धरानले आयोजना गर्न लागेको हो भने पूर्वाञ्चल क्याम्पसको रोबोटिक्स क्लबल, विभिन्न फ्याकेल्टीका सोसाइटीहरु तथा क्याम्पस भित्रका विभिन्न स्वतन्त्र समाजहरुसङ्ग समन्वयमा संचालन हुनेछ । दुइ दिन सम्म चल्ने उक्त प्रदर्शनीमा प्रदेश १ भरिका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने तथा आफ्नु उपकरणहरुको प्रदर्सन गर्ने अवसर पाउनेछन् । प्रर्दशनिमा स्वयं पूर्वाञ्चल इन्जिनियरिङका विद्यार्थीहरुको पनि विभिन्न प्रदर्शन देख्न पाइने छ ।
मुख्य कार्यक्रमहरु
Inter College Alternative Energy Source Competition,
Manual Fruit Picking Robot Competition,
Inaugution Of Robot,
photography Competition,
Civil Model Competition,
Project Demonstration,
Art Competition
आदि रहेका छन् । उद्घाटन कार्यक्रममा नेकपा का अध्यक्ष क. पुष्प कमल दाहाल प्रचण्डको प्रमुख आतिथिमा साथै केन्द्र देखी स्थानीय स्तरका पार्टी एवम् विद्यार्थी संगठका नेता, शिक्षक, समाजका विभिन्न प्रतिनिधिहरुको उपस्थिति हुनेछ। प्रदर्शनीलाइ प्रदेश १ भरिका विभिन्न विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न राजनीति दलका नेताहरुले अवलोकन गर्ने अखिल( क्रान्तिकारी) पूर्वाञ्चल क्याम्पसका का.अध्यक्ष प्रदिप घिमिरे क.प्रकाशले बताए । कार्यक्रमलाइ मनोरञ्जनात्मक बनाउनको लागी सास्कृतिक एवम् साहित्यिक क्रार्यक्रमहरु पनि जोडिनेछन् साथै नेपाल आइडल १ का गायक निशान भट्टराई तथा विभिन्न ब्यान्डले पनि आफ्नु प्रस्तुति दिने जानकारी घिमिरे ले बताए ।