धरान : नेपाल तामाङ घेदुङ सुनसरीले प्रा.डा. केदार प्रसाद पौडेललाई विशेष सम्मान गरेको छ ।

तामाङ भाषामा विद्यावारीधी गरी तामाङ भाषा, वाङमय तथा साहित्यमा महत्वपूर्ण योगदान गरेको भन्दै पौडेललाई घेदुङको ६३ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सो अवसरमा साइक्याट्रीक नर्सिङमा स्नाकोत्तरसम्मको उच्च अध्ययन गरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको नर्सिङ चीफ समेत भईसक्नुभएका विभागीय प्रमुख प्राध्यपक समी लामा र घेदुङ, गुम्बा तथा लागुऔषध दूव्र्यशनी विरुद्ध सचेतना, कला, साहित्य, चित्रकला आदिको क्षेत्रमा निरन्तर सकृय रहंदै आउनु भएका युरेका आवासीय उच्च माध्यमिक विद्यालयका डाइरेक्टर सुदिप योल्मो योञ्जनलाई समेत सम्मान गरिएको थियो ।

p-samman

उनीहरुलाई प्रमुख अतिथि नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रिय सदस्य मैतबहादुर गोले र प्रदेश उपाध्यक्ष रामबहादुर ग्याबा, जिल्ला अध्यक्ष सुरज लामाबाट प्रमाण–पत्र, दोसल्ला, खदा र तामाङ टोपीले सम्मान गरिएको हो ।
सम्मानित व्यक्तित्वहरुको तर्फवाट बोल्दै प्रा.डा. पौडेलले जसको लागि मैले विद्यावारिधी गरें उसैको गरिमामय संस्था मार्फत तामाङ जाति र समुदायवाट सम्मानित हुन पाउंदा ज्यादै खुशी र गर्व लागेको बताए । सो अवसरमा बोल्दै प्रमुख अतिथि गोलेले सांस्कृतिक क्रान्ती र धार्मिक क्रान्ती सफल भईसकेको बताउंदै घेदुङले अब राजनीतिक, शैक्षिक र आर्थिक क्रान्ती गर्नुपर्नेमा जोड् दिए । सोही अवसरमा सुनसरी घेदुङले आप्mनो ११औं साधारण सभा समेत सम्पन्न गरी प्रगति प्रतिवेदन र ११ लाख १४ हजार ९ सय २८ बराबरको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको छ ।
सुनसरी घेदुङका अध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुजेन्द्र गोले, सम्मानित व्यक्तित्व प्रा.डा. केदार प्रसाद पौडेल, जिल्ला उपाध्यक्ष पृथ्वीबहादुर मोक्तान, जिल्ला सचिव मंगलसिंह मोक्तान, महेन्द्र बहुमुखी क्याम्पस, धरानका प्राध्यापक बद्री बम्जन, नेपाल तामाङ महिला घेदुङ, धरानका सदस्य चित्रा पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।

ghedunng