झापा: झापाको मेचीनगर नगरपालिका १५ मा मंगलवार आफ्नै श्रीमतीलाई कोदालोको पासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहान करिब साढे ६ बजे ३५ बर्षिय लखिन्द्र राजवंशीले घरायसी विवादमा आफ्नै श्रीमति ३४ बर्षीय चम्पली राजवंशीलाई कोदालोको पासो र बाँसले हानेर हत्या गरेका हुन् । कोदालोको पासोले लागेर राजवंशीको घटनास्थलमा नै मृत्यु भएको घटनास्थलमा खटिएको प्रहरी चौकी ज्यामिरगढीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको उक्त कार्यालयले जनाएको छ ।