ताप्लेजुङ :  शव ल्याईपुर्याएको केहि समयपछि नै पानी र हिमपात संगै कालो बादलले आकास ढाकेपछि बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौ पठाउन समस्या सृजना भएको छ ।

दुर्घटनामा परी निधन भएका मध्ये ३ जनाको शव अहिले बिहान मात्र सुकेटार बिमानस्थल सम्म ल्याइएको थियो । उद्धार कार्यका संलग्न नेपाली सेनाका मेजर चिरञ्जीवी चौंलागाईले मौसम खुलेको बिहानको एकछिन समय गुमाएको भए भटनास्थलबाट शव उठाउन र सुकेटार बिमानस्थल  सम्म ल्याउन कठिनाई हुने अनुभव सुनाए ।‘धन्न छिटो गरिएछ‘सुकेटारमा ३ वटा शव लिएर आईपुगे लगत्तै हिमपात र बर्षा सुरु भएपछि उनले भने ।

sab-with-heli

घटनास्थलबाट हिजो राती सम्ममा ४ वटा शव सुकेटार ल्याई पुर्याईएको थियो भने बाँकी ३ वटा शव ल्याउन हिमपात र बर्षाले असर गरेपछि बिहान सम्म पर्खनु परेको थियो । अहिले शवलाई बोरामा प्याक गरिदै छ । पर्यटनमन्त्री अधिकारीको शव मात्र चिनिने अवस्थामा रहेको छ । बोराको बाहिरी पट्टी उनको नाम लेखेर पठाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बादलले पूरै आकास ढाकेको र हिमपात र पानी परिरहेकोले शव पठाउन समस्या भएको बताए ।

मौसम झन् बिग्रदै गएकोले शव पठाउने समय अनिश्चित बनेको उनले जानकारी दिए । ३ वटा शवलाई नेपाली सेना र नेपाल प्रहरी र शसस्त्र प्रहरीको सिएआरटी टीमका कार्यदल सदस्यहरुले ट्रलीमा बाँधेर हेलिकप्टरमा राखी यो कार्यदलमा संलग्न सेनाका २ जवान समेत डोरीमै झुण्डिएर घटनास्थलबाट सुकेटार सम्म ल्याएका थिए । बिहीबार बिहानैबाट पानी र हिमपातका कारण चिसो पनि अत्यधिक रहेको हेलिकप्टरबाट शव झार्न र एकिकृत गर्न समेत समस्या भएको थियो । डोरीमा झुण्डिएर घटनास्थलबाट सुकेटार सम्म आएका सेनाका २ जवान सहित सुरक्षाकर्मीको अथक प्रयासले पछिल्ला ३ वटा शव ल्याउन सम्भव भएको भन्दै यो कार्यको स्थानीयले प्रशंसा गरेका छन् ।