पथरी : मोरङको पथरी बजारमा रहेको सिक्का डान्सबारबाट खसेर एक युवाको मृत्यु भएको छ ।

बिहिबार राती भएको सो घटनामा पथरीशनिश्चरे ७ का श्रण तामाङको मृत्यु भएको पथरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका निरिक्षक कमल बजगाइका अनुसार मादक पदार्थ सेवन गरेका तामाङको शब भुइमा भेटिएको हो । नाक तथा शरिरका अंङमा रगत भेटिएको छ, बजगाइले भने, ‘अनुसन्धान जारी राखेका छौ ।’

तामाङको मृत्यु के कारणले भएको प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । सिसिटिभिका फुटेज संकलन गरिएको प्रहरीले जनाएको छ । अत्याधिक मदिरासेवनका कारण मृत्यु भएको वा अन्य कारण मृत्यु भएको पुष्टि प्रहरीले गरेको छैन । शबलाइ मंगलबारे अस्पतालमा राखिएको जनाएको छ ।