काठमाडौं : गत बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा गएराती साँढे १ बजे सातै जनाको शव परीक्षणको कार्य सम्पन्न भएपछि बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा लगिएको हो । राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत मन्त्रीहरु, राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।श्रद्धाञ्जली अर्पणका लागि सर्वसाधारणको पनि बाक्लो उपस्थिति छ । बिहान ११ बजेसम्म सातैजनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।