सुन्दरहरैंचा: युवाहरुले मोरङको सुन्दरहरैचास्थित खोर्सानेचोक उत्तर लाईनमा एक करोड लगानीमा फिटनेश सेन्टर सञ्चालनमा ल्याएका छन् ।

स्थानीय ४ जना युवाहरुले अक्सिजन फिटनेश नेपाल (जिमखाना) संचालनमा ल्याएका हुन् । फिटनेश सेन्टरमा एक करोड लगानी भएको सञ्चालकहरुले बताएका छन् । यो फिटनेश सेन्टर महिला र पुरुष दुवैको लागि उपयोगी छ । यो फिटनेश सेन्टरमा स्थानीय युवाहरु प्रेम श्रेष्ठ, पोषण ढकाल, शिव श्रेष्ठ र निसिल लम्सालको लगानी छ ।

57503232_1054704438033398_4

फिटेनश सेन्टरमा महिलाहरुलाई जुम्बा व्यायम गराइनेछ । जिमखानामा १ सय २९ जनाले बुकिङ पनि गरिसकेका छन् भने जुम्बाको लागि २९ जनाको बुकिङ भएको प्रशिक्षकसमेत रहेका सञ्चालक शिव श्रेष्ठले जानकारी दए । जिमखानामा बिशेष गरी विहान र बेलुकाको समय ३ जना प्रशिक्षकको पनि व्यवस्था गरिएको उनले बताए । उद्घाटन अवसरमा छुटको पनि व्यवस्था गरिएको छ । तस्बिर स्रोत: वेतनाडेली