धरान : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा एस जयशंकर पनि मन्त्री भएका छन् ।

उनले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् । जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाव दिएका थिए ।

उनि मोदीको मन्त्रिमण्डलमा विदेश मन्त्रालय पाउने सम्भावना रहेको भरतीय मिडियाहरुले जनाएका छन ।