धरान:एक सातादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आजदेखि काममा फर्किएका छन् ।

आन्दोलनको आठौं दिनमा आइतबार राती प्रतिष्ठान व्यवस्थापनसँग सहमति भएपछि उनीहरु आजदेखि काममा फर्किएका हुन् । प्रतिष्ठानले गठन गरेको वार्ता समिति र इन्टर्न संघर्ष समितिबीच राती ७ बुँदे सहमति भएको थियो । दिनभर भएको वार्ताले सहमतिको मस्यौदा तयार गरेपनि उपकुलपतिले हस्ताक्षर गर्न नमान्दा राती केही बेर उपकुलपति कार्यालयमा तनाव सृर्जना भएको थियो । इन्टर्नहरुले उपकलपति कार्यालय घेराउ र नाराबाजी गरेका थिए । त्यसपछि राती करिब साढे ८ बजे सहमति भएको थियो ।

entern6

सात बुँदे सहमति भएपछि इन्टर्न संघर्ष समितिले एक विज्ञप्ती निकालेर आजदेखि काममा फर्कने जानकारी दिएको छ । साथै, समितिले मागप्रति सकारात्मक भई सम्बोधन गर्ने उपकुलपति र वार्ता टोलीलाई धन्यवाद पनि दिएको छ । सहमतिमा इन्टर्नहरुलाई मासिकरुपमा १५ हजार नै हुने तर भविष्यमा शिक्षण अस्पताल (आइओएम)मा हुने वृद्धिलाई आधार मानेर प्रतिष्ठानमा पनि वृद्धि गर्ने उल्लेख छ । यस्तै, महंगी भत्ताबारे पनि हाल वृद्धि गरिएको १५ हजारको ३ प्रतिशतको दरले हुने रकम मासिकरुपमा उपलब्ध गराउने र नाइट डिउटी गर्दा प्रतिष्ठानको नियमअनुसार खाजा उपलब्ध गराउनेलगायत बुँदा सहमतिमा छ । यसअघि, प्रतिष्ठानका इन्टर्नहरुले १२ हजार मात्र पाउदै आएका थिए ।

entern-press