धरान:मङ्गलबार राती करिब ८ बजे सञ्चारकर्मी दिलबहादुर राईमाथि आक्रमण भएको ।

धरान–१२ चतरालाईनमा उनीमाथि आक्रमण भएको हो । उनको पुर्वाञ्चल डिबिआर अनलाईन टेलिभिजन चतरालाइनमा नै रहेको छ । कामको सिलसिलामा बसिरहेको बेला अचानक आर्कमण भएको घाइते राईको भनाई छ । आफुलाई ५/६ जनाको समुहमा पुगेका अपरिचित युवाहरुको समुहले आक्रमण गरेको उनले बताए । राईको टाउकोमा गहिरो चोट छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उनको टाउकोमा ६ टाका लगाईएको छ ।

सञ्चारकर्मी राईलाई आक्रमण गर्ने फूर्वा शेर्पालाई प्रहरीले पक्राउ गरिसकेको छ । शेर्पाले उनलाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अशोककुमार जबेगुका अनुसार पक्राउ परेका शेर्पाले पहिला सञ्चारकर्मी राईले आफुलाई ढुंगा हानेकोले आफुले पनि हानेको वयान दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।