काठमाण्डौ : पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पौडेलको उनको चितवनको माडीस्थीत आफ्नै विनासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा सोही अस्पतालमा निधन भएको जनाइएको छ ।
धनिराम पौडेल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री हुन् । पौडेलका दुई वटा छोरी मात्र छन् । चितवन, बघौडा, नयाँ पिपरिया स्थायी घर भएका पौडेलले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

उनी दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फका सांसद थिए । पार्टी अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्री कालमा उनी शिक्षामन्त्री भएका थिए ।