काठमाडौ : सत्तारुढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मात्र भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो ।
प्रतिवेदन नआउँदा नेकपाको राजनीतिक कार्य्दिशाबारे नेताबीच असमझदारी देखिएको छ । नेकपाले पार्टी एकतापछि अन्तरिमकालका लागि ‘जनताको जनवाद’ लाई कार्यनीति बनाउने निर्णय गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट