पथरी : मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको केन्द्र कहँ राख्ने विषय पेचिलो वन्दै गएको छ ।

सर्वाेच्च अदालतले समेत नगरपालिकाको केन्द्र पथरीशनिश्चरे १० स्थीत भुटानी शरणार्थी शिवीरमा राख्ने आदेश दिएपनि विभिन्न वहानामा केन्द्रलाई पथरीशनिश्चरे १ मै राख्न लागिएको स्थानियवासीले आरोप लगाएका छन् । शनिवार भुटानी शरणार्थी शिवीरमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गराउने संर्घष समितिले पत्रकार सम्मेलन गरेर विभिन्न वाहानामा नगरपालिकाको केन्द्र अन्य ठाउँमा राख्न नहुने बताएएको हो ।

संर्घष समितिका संयोजक पर्शुराम कार्कीले यो वा त्यो वाहानमा नगरपालिकाको केन्द्र तोकिएभन्दा बाहिर स्विकार नहुने बताए । उनले भने,‘नगरपालिका घोषणा अघि नै नगरपलिकाको केन्द्र बारे सवै ठाउँबाट निर्णय भइसकेकोले नगरपालिकाको केन्द्र तोकिएकै ठाउमा हुन्पर्ने हाम्रो अडान हो ।’ नगरपालिकाको केन्द्र भुटानी शरणार्थी शिवीर रहेको ठाउ उपयुक्त भएको समेत कार्कीको भनाइ छ ।

पत्रकार सम्मेलनमा वितरीत प्रेश विज्ञप्तीमा २०६८ श्रावण ३२ गते साविक पथरी गाविस र शनिश्चरे गाविसका राजनैतिक दलको सर्वदलिय निर्णय अनुसार केन्द्र साविक शनिश्चरे १ को शरणार्थी शिवीरमा रहने र पथरी गाविस वाट ७ वटा वडा र शनिश्चरे गाविसलाई ८ वटा वडा निर्धारण गरि नगरपालिका घोषणा गर्ने सहमती भएको उल्लेख छ । भौतिक संरचना निर्माण नहुन्जेल साविक पथरी गाविसको कार्यालयलाई नै नगरपालिकाको केन्द्र वनाउने र पछि प्रस्तावित स्थानमा केन्द्र राख्ने निर्णय भएपनि कार्यान्वयन नभएको संर्घष समितीको भनाइ छ । २०७२ वैशाख २५ गते नेपाल भरिका ७२ वटा नगरपालिका घोषणा हुदा पथरीशनिश्चरेलाई नगरपालिका घोषणा गरिएको थियो ।

संर्घष समितिका अनुसार तत्कालिन मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की,स्थानिय विकास अधिकारी नारायण प्रसाद मैनालीको उपस्थितिमा भएको सर्वदलीय सहमतिले समेत नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्नुपर्ने निर्णय गरेको थियो । संर्घष समितिका सदस्य भगत थपलियाका अनुसार पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधीको कारण नै हालसम्म पनि नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्न अलमल भएको आरोप लगाए ।

pathari 4

स्थानीय गंगा साँवा पथरीशनिश्चरेको केन्द्र तोकिएको स्थानमा नराखे थप संर्घष गर्न वाध्य हुने चेतावनी दिए । पुनरावेदन अदालत विराटनगरले २०७१ असार ३ गते नगरपालिकाको कार्यालय भुटानी शरणार्थी शिवीरमा राख्न आन्तरिम आदेश जारी भएको विज्ञाप्तीमा जनाइएको छ । त्यसै गरि विज्ञाप्तीमा विभिन्न मितिमा पुनरावेदन अदालत तथा सर्वाेच्च अदालतले पनि आदेश दिएकोले अदालतको मानहानी नगर्न आग्रह गरिएको छ । राज्य पुर्नसंरचना आयोगले पथरीशनिश्चरे नगरपालिकामा तत्कालिन हसहन्द गाविस समेत मिलाई १० वटा वडा वनाएको र केन्द्र पथरीशनिश्चरे १० भुटानी शरणार्थी शिवीर क्षेत्रमा राख्ने निर्णय गरेकोले सो निर्णय मान्न समेत आग्रह गरिएको छ ।

यसैबीच, नगरपालिकाले नगरपालिकाको केन्द्र कहा राख्ने विषयमा जग्गा खोजविन गर्न उपमेयर यमुना विष्ट वास्तोलाको संयोजकत्वमा गठित समितिले भदौ १० गतेसम्ममा प्रतिवेदन प्रस्तुत गर्ने छ । प्रदेश सरकारले सोही स्थानमा आदिवासी जनजाती तथा धार्मिक संग्रालय निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिसकेको छ । यता सोही स्थानमा खेल मैदान निर्माण गर्न प्रदेश सरकारलेसमेत वजेट विनियोजन गरेको छ । संर्घष समितिले भने भुटानी शरणार्थी शिविर भित्र किरात राई योयक्खाले चर्चेको १ विगाह १० कठ्ठा जग्गामा नगरपालिकाको केन्द्र राख्न जग्गा खोजी गरिएको र सवै प्रक्रिया पुरा गरेको वताएको छ ।