पथरी : सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहले आव्हन गरेको नेपाल बन्दको असर पथरीमा परेको छैन् ।

लामो दुरीका सार्वजनिक यातायात नचले पनि अन्य छोटो दुरीका यातायात निर्वाध सञ्चालन भएका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक लक्ष्मी अधिकारीका अनुसार पथरी र आसापासका क्षेत्रमा सुरक्षा चुस्त वनाएकाले वन्दको कुनै असर परेको छैन् । पुर्व पश्चिम राजमार्गमा बाक्लै प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा मजबुद बनाउन थप प्रहरी परिचालन गरिएको अधिकारीले जानकारी दिए । अवान्छित कृयाकलाप नहोस भनेर प्रहरीले सक्रियता बडाएको उनको भनाइ छ । पथरी बजारका सबै पसल खुल्ला रहेका छन् भने छोटा दुरीमा चल्ने यातायत पनि नियमीत रुपमा सन्चालन भएका छन् ।