धरान:क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) सुनसरीमा धरानकी सक्रिय पत्रकार मनिता चाम्लिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार भएको तेस्रो अभिवेशनले पत्रकार चाम्लिङको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुभद्रा प्याकुरेल, सचिबमा सुमित्रा राई (सञ्जु), सह–सचिबमा बिमला तिमिल्सिना, कोषाध्यक्षमा अनिता रसाइली चयन भएका छन् । यसैगरी, समितिको सदस्यहरुमा मौसमी कार्की, देबीका चाम्लिङ, रश्मी प्रधान, रोमा रिजाल, जमुना श्रेष्ठ, लक्ष्मी नेम्बाङ (कार्की) चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी डब्लुडब्लुजेको १ नम्बर प्रदेश अध्यक्ष गंगा पौडेल बराल, महासंघका सुनसरी उपाध्यक्ष सन्तोष काफ्ले, महासंघका पूर्व केन्द्रीय सदस्य निलिफा सुब्बालगायतको उपस्थिती रहेको थियो ।

दुई महिला पत्रकार सम्मानित

wwj-samman

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) सुनसरीले दुई जना महिला सञ्चारकर्मीलाई सम्मानित गरेको छ । शुक्रबार तेस्रो अधिबेशनको अवसरमा सञ्चारकर्मीद्वय सबिता राई र सुनिता केसी राईलाई सम्मान गरेको हो । संस्थामा रहदा ठुलो योगदान दिएकोले सम्मान गरिएको जनाइएको छ ।

डब्लुडब्लुजेको राई सल्लाकार र केसी पूर्वसचिब हुन् । उनीहरुलाई प्रमुख अतिथी डब्लुडब्लुजेकी १ नम्बर प्रदेश अध्यक्ष गंगा पौडेल बराल र संस्थाका कार्यबाहक अध्यक्ष मनिता चाम्लिङले सम्मानपत्र प्रदान गरेकी थिइन् ।

wwj-samman1