धरान : आज असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा नेपाली काङ्ग्रेस धरान वडा नं. ६ ले पनि  धान रोपेर दिवस भव्य रुपमा मनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठले सम्बोधन गर्दै भने कृषकहरुले मानो रोपेर मुरि फलाउने दिनको रुपमा यस दिनलाई मनाउने गरिएको छ । राज्यले कृषकहरुलाई सुबिधा सम्पन उपकरणहरुको पहुँचमा पुर्याउन नसकेको र देशमा पर्याप्त मात्रामा धान उत्पादन गर्न नसकिरहेको प्रती चिन्तित रहेको उनले बताए । साथै उनले कृषकहरुलाई यसदिनको उपलक्ष्यामा शुभकामना व्यक्त गरे ।

0 5

कार्यक्रममा प्रमुख अतिथिले आफ्नो मन्तब्यको क्रममा कार्यक्रमको सभापती नेपालि काङ्ग्रेस वडा न ६ का सभापती पदम पौडेलले कार्यक्रममा आउनु हुने अतिथीगण साथै वडावासी सम्पुर्णमा धन्यवाद ज्ञापन एवम शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरि खेतमा गई सबै नेता कार्यकर्ता मिलेर संयुक्त रुपमा धान रोपेका थिए ।
कार्यक्रममा धरान नगर सभापती तिलक राई, महासमिती सदस्य पर्वत राई, जिल्ला सद्स्यहरु चन्द्रसेखर लामा, अनिल श्रेष्ठ, माधव घिसिङ, गोबिन्द दर्नाल, क्षेत्रीय उपसभापती धन ब. कट्वाल, नगर सचिव युवराज शंकर, लगायत क्षेत्रीय सदस्यहरु, भात्री संस्था तथा पार्टिका विभिन्न वडाका सभापतिहरु लगाएतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन भने वडा नं. ६ का सचिव लोकनाथ सुबेदिले संचालन गरेका थिए ।

1 23