सिरहा: सिरहाको लहान नगरपालिका ११, पडरियामा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोलबजार नगरपालिकाका ३५ वर्षिय गणपति महरा, वरियारपट्टि गाउँपालिकाकी ६० वर्षिया बचियादेबी राम र धनगढिमाइ नगरपालिका ९ की ४५ वर्षिया बुनुमाया लामा छन् । पूर्वपश्चिम राजमार्गमा ट्रकले पछाडिबाट भ्यानलाई ठक्कर दिएको थियो ।

sirahako accident

लहानबाट पश्चिमतर्फ गइरहेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट ना ८ ख २४१५ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई मनोज कुमार चौधरीले जानकारी दिए । मृत्यु हुने र घाइते हुने सबै म्याजिक भ्यानमा सवार थिए । घाइतेहरुको स्थानीय अस्पालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारको लागि धरानस्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान रेफर गरिएको प्रहरीले जनाएको छ ।

तस्बिर स्रोत: नागरिकन्यूज र मधेशलाइभ