विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा सहभागी हुन मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गरेका हुन् । प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् । अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सल्लाहकार सुवेदीले जानकारी दिए । उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नुहुने बताइएको छ ।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नुहुनेछ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।
सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशियसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्र्तराष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

कार्की कार्यवाहक मुख्यमन्त्री

Hikmat-karki

मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की प्रदेश १ सरकारको कार्यवाहक मुख्यमन्त्री भएका छन् ।

मुख्यमन्त्री राईको अनुपस्थितिमा उनले सम्हाल्दै आएको जिम्मेवारी तथा दैनिक प्रशासनिक कार्यको लागि मन्त्री कार्की तोकिएका छन् । उनलाई मुख्यमन्त्री राईको सिफरिशमा प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले एक पत्र पठाएर कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

mukh