धरान : विश्व हिन्दु परिषद् नेपाल, धरानले धरानको वार्ड नं. २० को कार्कीछापमा अष्टधातुबाट निर्माण गरिने विश्वकै अग्लो महारुद्र त्रिशुल स्थापना गर्ने भएको छ ।

असार १५ का दिन किरात याक्खा छुम्माको भवनमा विश्व हिन्दु परिषद् नेपालबाट आयोजित नेपालीहरुको महान चाड दहि चिउरा खाने कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा परिषद्का अध्यक्ष देवराज अधिकारीले अष्टधातुबाट निर्माण गरिने विश्वकै अग्लो १९० फिटको त्रिशुल निर्माण गर्ने जानकारी गराउदै उक्त त्रिशुल स्थापना गर्ने जग्गाको व्यवस्था भैसकेको बताए ।

धरान उपमहानगरपालिका वडा नं. २० कार्यलयबाट स्थानीयबासीको सकृयतामा त्रिशुल स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले धरानलाई पर्यटकीय नगरी बनाउन तथा पर्यटकहरुलाई आकर्षण गर्न उक्त त्रिशुल स्थापनाले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे । परिषद्ले स्थापना गर्ने त्रिशुलका कारण धरानको पर्यटन विकासमा थप आकर्षण प्रदान गर्न साथै उक्त समुदायको विकासमा ठूलो सहयोग पुग्ने भएकोले आफुहरु सकृयतापूर्वक लागि परेको दही चिउरा खाने कार्यक्रमका मूल संयोजक एवं कार्कीछाप कालीखोला वन उपभोक्ता समूहका अध्यक्ष सम्फर तामाङ्गले बताए । २० नं. वडालाई यहाँ रहेको धार्मिक पर्यटकीय केन्द्र विष्णुपादुका मन्दिर सँगै विश्वको अग्लो महारुद्र त्रिशुलले पनि नयाँ पहिचान दिने विश्वास व्यक्त गर्दै यसका लागि आफुहरु सकृयताका साथ लागिपर्ने तामाङले प्रतिवद्धता व्यक्त गरे ।

दही चिउरा .खाने कार्यक्रममा समुदायका जेष्ठ नागरिकहरुलाई दोसल्ला माला र सम्मान्पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई दही चिउराको व्यवस्था गरिएको थियो । कार्यक्रको वरिष्ठ संयोजक कोविला भट्टराई, सह संयोजक लहरु जिमी, उप संयोजक कमला थापा रहनु भएको थियो । साथै कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न विभिन्न समिति तथा उप समिति समेत गठन गरिएको थियो ।