काठमाडौं: डनको रुपमा कहलिएका दीपक मनाङे नेकपा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका स्वतन्त्र सांसदसमेत रहेका मनाङेको वास्तविक नाम राजीव गुरुङ हो ।

उनी गएको प्रदेशसभा निर्वाचनमा मनाङबाट निवार्चित भएका थिए । उनलाई चुनावमा नेकपाले नै सहयोग गरेको थियो । उनलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका थिए ।

डनको रुपमा रहेका मनाङे गुण्डागर्दी र विभिन्न अभियोगमा पटक पटक जेलसमेत परेका छन् । उनी चुनाव लगत्तै ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका थिए । थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा उनले सपथ लिएका थिए। यसैगरी, उनीसँगै विप्लव नेतृत्वको नेकपाका किसान महासंघका कास्की संयोजक पुष्प कार्की पनि प्रवेश गरेका छन् ।