विराटनगर : प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ का उत्कृष्ट युवा वैज्ञानिकहरुलाई आज असार २० गते शुक्रबार पुरस्कृत गरेको छ ।

कृषि, विज्ञान र इन्जिन्यरिङ विधामा उत्कृष्ट युवा वैज्ञानिकहरुलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक नगद पुरस्कार सहित पुरस्कृत गरेको हो । तीनै विधामा प्रथम हुनेलाई ५० हजार दोस्रो हुनेलाई ३० हजार तेस्रो हुनेलाई २० हजार र सन्त्वनालाई १० हजार सहित पुरस्कृत गरेको छ । विराटनगरको आर्दश विद्यालयमा शुक्रबार भएको प्रर्दशनिमा उत्कृष्टहरुलाई सामाजिक विकास मन्त्रि जीवन घिमिरेले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

3

युवा वैज्ञानिकहरुको प्रर्दशनिको अवलोकन पछि पुरस्कार वितरण गर्दै मन्त्रि घिमिरेले युवाहरुमा प्रतिभा, सिर्जना र जोस, जाँगरको खानी पाएको बताउँदै यी प्रतिभाको प्रयोग गर्न सके मानिसको जनजिवन सहज हुने धारणा राखे । युवा बैज्ञानिकका प्रस्तुती पूर्वीय दर्शन र प्रकृति र जीवनको जोडलाई चित्रण गरेको बताउँदै ऋषिमुनीले खोजेका विज्ञानसम्मत कुरालाई अहिलेको जनजीवनसंग जोड्न सहयोग पुग्ने उनको भनाइ थियो । प्रकृति र संस्कार संकृतिका कुरामा अझ बढी अनुसन्धान केन्द्रीत गरी मानिसको जीवन सहज बनाउन बैज्ञानिकहरुको खोज जारी रहनुपर्ने उनको जोड थियो ।

तीन ओटा विधामा विभिन्न २१ वटा समुहले प्रस्तुती दिएका थिए । ती प्रस्तुतीमा कृषि तर्फ कविन्दै भट्टराई प्रथम, आशिष फुयाल दोस्रो, अरुण कटुवाल तेस्रो र कृष्ण पोखरेल सान्त्वना भए ।

4

त्यस्तै विज्ञान विधामा डाक्टर सुजित कुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागाई तेस्रो र रोहित कुमार देव चौथो भए । त्यसैगरि इन्जिन्यरिङ विधामा सुमन खनाल, असोक आङ्देम्बे र एलिसा प्रधानको समुह प्रथम, सरोज दाहाल,  बरुण कुमार मुल्मी र क्षितिज गौतमको समुह दोस्रो, शसांक पोखरेल तेस्रो र राजेन्द्र कुमार लिम्बु चौथो भए । प्रर्दशनिमा १८ देखि ४० वर्षसम्मका युवाहरुले बनाएका विभिन्न बैज्ञानीक र खोजमुलक सामग्रीको प्रस्तुत गरिएको थियो ।