सुनसरी: इटहरी क्षेत्रका ट्राफिक ब्यवस्थापनलाई चुस्त वनाउन इटहरी उपमहानगरले प्रदेश नम्वर १ ट्राफिक प्रहरी कार्यालयलाई १ सय १९ थान ट्राफिक संकेत वोर्ड हस्तान्तरण गरेको छ ।
बिहान इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले प्रदेश नम्वर १ ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी भीम वहादुर दाहाललाई ट्राफिक संकेत वोर्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले इटहरीको ट्राफिक ब्यवस्थापनमा सवै पक्षले सहयोग गर्न आग्रह गरे । उनले सवै पक्षको सहयोग भए इटहरीलाई सुन्दर शहर बनाउन सकिने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरले यस पटकको वजेटमा शडक शुसासनका लागि दुई करोड रकम विनियोजन गरिएको जानकारी दिइन् । तोकिएको ठाँउ भन्दा वाहिर रोक्ने सवारी साधनलाई कारवाही गर्नुपर्नेमा उनले जोडदिइन् । प्रदेश नम्वर १ ट्राफिक प्रहरी प्रमुख भीम वहादुर दाहालले परम्परागत ट्राफिक ब्यवस्थापनलाई रुपान्तरण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । उनले इटहरी उपमहानगरको यो सहयोग इटहरीको ट्राफिक ब्यस्थापनमा कोशेढुंगा हुने बताए ।
इटहरीको पार्किड ब्यवस्थापन कार्यावन्यन कार्यदल संयोजक इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले २लाख ५४ हजार लागतमा उपभोक्ता समूहनै वनाएर ट्राफिक संकेत तयार गरिएको जानकारी दिए । इटहरीको ट्राफिक ब्वस्थापनका लागि इटहरी ६ का वडाध्यक्ष दिपक गौतम्को संयोजकत्वमा वनेको कार्यदलले दिएका सुझाव कार्यावन्यन गर्न इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा पार्किड ब्यवस्थापन कार्यावन्यन कार्यदल वनेको थियो ।