धरान : सत्तारुढ दल समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थीद्वारा सरकारले तरकारीमा विषादी परिक्षण फिर्ता लिएको भन्दै धरानमा विरोध प्रदर्शन गरिएको छ ।

समाजवादी विद्यार्थीले प्लेकार्डमा ओलि सरकार चाँहिदैन, बीस खुवाउन पाइदैन, रेलको होइन, पानीजहाज होइन तरकारी परिक्षण गर्ने प्रविधि ल्याँउ, नरसंहारकारी ओलि सरकार मुर्दाबाद, भारतीय तरकारी बन्द गर, स्वदेशी तरकारी उत्पादन गर, उखान टुक्का होइन आत्मनिर्भर बन्ने लगानी गर, लाज छैन ओलिलाई जहाज चाहिदैन नेपाललाई, रेलको खेलमा पसेर, बीस खुवाँछन हाँसेर, नरसंहार ओलि सरकार चहिदैन चाहिदैन, बीस खुवाउन पाइदैन पाइदैन जस्ता लेखिएको प्लेकार्ड बोकेर विरोध जनाएका छन् । पार्टी कार्यालय धरानको शान्तिपथबाट नारा लगाउँदै भानुचोकमा कोणसभा गरेको हो । विरोध प्रदर्शनमा इन्जिनियरिङ क्याम्पस धरान, महेन्द्र बहुमुखी क्याम्पस धरान तथा प्लस टुका विद्यार्थी तथा युबाहरुको सहभागी रहेका थिए ।

कोणसभालाई संबोधन गर्दै समाजवादी पार्टी धरान नगर अध्यक्ष ताजुप लिम्बुले पार्टी सत्तामा रहेको बताउँदै सत्तामा रहदैमा नराम्रो कामको विरोध गर्नुपरेको बताए । सरकारले भारतको दबाबमा जनतालाई बीस युक्त तरकारी खुवाउन लागेको भन्दै त्यसको बिरोध गरेको जनाएको छ । साझेदारी सरकार भएको भन्दै राम्रा कामको समर्थ गर्दै नराम्रो कामको बिरोध गरेको अध्यक्ष ताजुप लिम्बुले बताए । नेपाली जनताको जनस्वास्थ्यलाई कौडिको भाउमा भारतको पक्षमा लम्पसार भएर खेलबाड गरेको आरोप लगाए । सरकारले भारतले पत्र पठाएकै भरमा नालायकपना देखाएर बिषादी परिक्षण फिर्ता लिएको प्रति समाजवादीको बिरोध रहेको बताए ।

कोणसभामा समाजवादी विद्यार्थी नेता शत्रुधन यादब, सागर सरगम चेम्जोङ लगायतले सम्बोधन गरेका थिए ।