धरान : धरान उपमहानगरपालिकाको वडा नम्बर १५, ४ र १७ बालमैत्री वडा घोषित भएको छ ।

मंगलबार एकै दिन तीन वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । वडा १५, ४ र १७ क्रमशः १० औं, ११ औं र १२ औं बालमैत्री वडा घोषित भएको हो । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले तिनै वटा वडामा प्रमुख अतिथिकोरुपमा बालमैत्री वडा घोषित गरेका थिए । अब धरानमा ८ वटा वडा बालमैत्री घोषित हुँन बाँकी छ । १५ नम्बर वडाले वाल अधिकारका चार वडा क्षेत्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीता तथा संस्थागत क्षेत्रका तोकिएको नतिजा प्राप्त गरेको र वालमैत्री स्थानीय साशनका ३९ सुचक मध्ये ३६ वटामा सतप्रतिशत र बाँकी ३ वटामा ८० प्रतिशत माथी नतिजा प्राप्त गर्यो ।

वडामा २०७५ साल असोजमा गरिएको घरधुरी सर्बे अनुसार ४ हजार ४९३ घरधुरी र ५ हजार ५५८ परिवार संख्या रहेको छ । यस्तै, २८ हजार ३९५ जनसंख्या रहेको वडा धरान उपमहानगरपालिकाको सबै भन्दा धेरै जनसंख्या भएको वडा हो । जसमा १८ वर्ष भन्दा मुनिका बालवालिकाको संख्या ७ हजार ६६५ रहेको छ । जसमा वालक ३ हजार ९०२ र बालिका ३ हजार ७६३ रहेको छ । बालमैत्री घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नरेश कुमार इवारमले वालमैत्री घोषणा पश्च्यात यसको निरन्तरता र दिगोपनको लागि तयार गरिएको पञ्चिवर्षिय योजनालाई अक्षरस पालना गदै प्रभावकारी कार्यान्वयन गदै लिने प्रतिबद्धता जनाए । यसको दिर्घकालिन कार्यान्वयनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

bal-maitri-wada3

यस्तै, धरान ४ र १७ पनि आजै वालमैत्री वडा घोषित भएको छ । धरान ४ ले वालमैत्री स्थानीय साशनको ३९ सुचकमध्ये ३१ वटामा सतप्रतिशत र बाँकी सुचकमा न्यूनतम नतिजा प्राप्त गदै वालमैत्री वडा घोषित भएको हो । भौगोलिक क्षेत्रफलको हिसाबले उपमहानगरको २० नम्बर वडापछि यो वडा ग्रामिण वडाको रुपमा रहेको छ । यो वडा २३.०५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७५ साल फागुनमा गरिएको घरधुरी सर्बेक्षण अनुसार यस वडामा घरधुरी संख्या ७६७ रहेको छ । यस वडाको कुल जनसंख्या ३ हजार ५१ रहेको छ । जसमा महिलाको संख्या १ हजार ६९७ र पुरुषको संख्या १ हजार ५५४ रहेको छ । जसमा १८ वर्ष मुनिका बालावालिकाको संख्या कुल संख्याको २०.५४ प्रतिशत रहेको छ । त्यो भनेको ८६३ हो ।

यस्तै, धरान १७ नम्बर वडा पनि आजै बालमैत्री वडा घोषित भएको छ । वडालाई बालमैत्री घोषणा गर्न वडामा विभिन्न झाँकी तथा ¥याली निकालिएको थियो । वडा नम्बर १५ मा वालवालिका सम्बन्धमी नाटक समेत प्रदर्शन गरिएको थियो । यस्तै, धरान ४ मा मगरजातीको हुर्रा नृत्य देखाइएको थियो । हुर्रा नृत्यमा सभामुख भण्डारी, कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी समेत नाचेका थिए ।

bal-maitri1

कार्यक्रममा बोल्दै सभामुख भण्डारीले बालमैत्री वडा घोषणा गरेर मात्र नहुने भन्दै दिगो रुपमा अगाडी बढाउन सुझाब दिए । उनले सुचकमा प्राप्त उपलब्धीलाई प्रभावकारी रुपमा कार्यान्वय गदै लैजान सुझाब दिए । उनले वालवालिका भविष्यको कर्णधार रहेको बताउदै वालवालिकालाई वालमैत्रीपूर्ण व्यावहार गर्नुपर्ने बताए । कार्यक्रममा कार्यबाहक मेयर सुबेदी, नेकपा नेता रमेश बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीकी उपाध्यक्ष विष्णुकुमारी विकले बालमैत्री घोषणाको प्रमाण पत्र तीनै वडाका वडाध्यक्षहरुलाई प्रदान गरेकी थिइन् । यसैगरी, वडाहरुले पनि वडाका टोल विकास संस्था, वाल क्लव र सहयोगी संघसंस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा वडाका वडाध्यक्ष, सदस्यहरुको सहभागीता रहेको थियो ।