धरान : धरान उपमहानगरपालिकाका दिबंगत मेयर तारा सुब्बालाई नगरका वालवालिकाहरुले समेत स्मरण गरेका छन् ।

धरान नगर बालसञ्जालले दिबंगत मेयर सुब्बाको स्मरणमा शोकसभाको आयोजना गरेर सम्झिएका हुन् । धरान उपमहानगरको प्राङगणमा गरेको शोक सभामा सुब्बाको तस्बिरमा फुल माला चढाएका थिए । जसमा २० वटै वालक्लवका बालबालिकाहरुको सहभागीता रहेको थियो । नगर बालसञ्जालकी अध्यक्ष अप्सरा खत्रीले स्वर्गीय मेयर सुब्बाले धरानलाई बालमैत्री नगर बनाउने चाहान भएको स्मरण गदै त्यो पूरा गर्नको लागि उहाँलाई सम्झीएको बताइन् ।

pic-11

उनले मेयर सुब्बाको बालबालिका प्रति रुचि र सक्रिए भएको बताउदै यो नगरलाई बालमैत्री बनाएर मेयर सुब्बाको सपना साकार पार्ने बताइन् । ‘मेयर साबको बालबालिकाप्रति रुचि र सक्रिए हुनुहन्थ्यो’ उनले भनिन् ‘उहाँले धरानलाई बालमैत्री नगर बनाउने सपना बोक्नु भएको थियो, त्यो हामी पूरा गरेर उहाँको सपना साकार पाछौं, त्यसैले हामीले उहाँलाई सम्झेका हौं ।’