इटहरी : लोकसेवा आयोगको विज्ञापनबिरुद्ध आन्दोलनमा उत्रिएका नेपाल आदिवासी जनजाती महासंघका नेता तथा कार्यकर्तालाई दिउँसो पक्राउ गरेको प्रहरीले साँझ ५ बजेपछि छाडेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलका अनुसार दिउँसो उच्छृङ्खल गतिविधि गरेका कारण पक्राउ परो १५ जना नै छुटेका छन् । ‘आइन्दा उच्छृङ्खल गतिविधि नगर्ने सहमतिमा छाडेका छौँ,’ खरेलले भने, ‘बन्द सकिएपछि ५ बजेभन्दा पछाडि छाडेका हौँ ।’

लोकसेवा आयोगले खुलाएको विज्ञापनमा देशमा समावेशी सिद्धान्तको कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघ पद्रेश १ ले शनिबार बन्दको आह्वान गरेको थियो । इटहरीलाई केन्द्र बनाएर यातायात तथा यहाँको बजार बन्द गर्न महासंघले आह्वान गरेको थियो । आदिबासी जनजाती महासंघ सुनसरीका अध्यक्ष रामकुमार राई सहित १५ जनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।