पथरी : सुशासनका लागी सवैले पहल गर्नु पर्ने पथरीशनिश्चरे नगरका जनप्रतिनिधीले वताएका छन् ।

नेपाल पत्रकार महासंघ पुर्वी मोरङ्ग शाखाको आयोजनामा आयोजित सुशासन सम्वन्धी अन्तरक्रियामा जनप्रतिनिधीले नगरमा सुशासन कायम गर्न प्रयासरत रहेको वताएका हुन् । कुनै पनि जनप्रतिनिधीले जानजान गलत कार्य गर्र्न उद्धत नहुने र त्यसो भए संन्चारमाध्यमले खवरदारी गर्नु पर्ने उनीहरुको तर्क थियो ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले पथरीशनिश्चरे नगरपालिकाको समृद्धिका लागी पत्रकारको भुमीका ठुलो भएको वताएका हुन् । वडा अध्यक्ष वावुराम याङ्गेदेन र जय तामाङ्ग लगायतले नगर र वडामा सुशाशन कायम गर्न लागी परेको बताए । सोही कार्यक्रममा विभिन्न पत्रकारले पत्रकारीता गर्दाका आफ्ना अनुभव वताएका थिए ।