धरान : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।

नेकपाले प्रदेश १ तर्फ सुनसरी जिल्लाको इञ्चार्जमा केन्द्रीय सदस्य धर्मराज निरौलालाई जिम्मेवारी दिएको छ भने सहइञ्चार्जमा ४ जनालाई जिम्मेवारी दिएको छ । सहइञ्चार्जमा एकचन्द्र(निर्मल) बराल, जगदिश कुशियत, तैयव हुसेन मिया, मोहमद महफुज अन्सारी र रामकुमारी चौधरी रहेका छन् । जिम्मेवारी पाएकामध्ये रामकुमारी चौधरी कृर्षि राज्यमन्त्री छिन् भने जगदिश कुशियत प्रदेश नं १ का वन, उद्योग, पर्यटन मन्त्री छन् ।

यस्तै, मोरंग जिल्ला इञ्चार्जमा घनेन्द्र बस्नेतले जिम्मेवारी पाएका छन् भने सहइञ्चार्जको जिम्मेवारीमा गोपीबहादुर सार्की अछामि, देउमान सम्बाहाम्फे र महेश रेग्मीले पाएका छन् । झापाको इञ्चार्ज रविन कोइरालाले जिम्मेवारी पाएका छन् भने सहइञ्चार्जमा देबेन्द्र दाहाल, धर्मशीला चापागाई र हरिबहादुर राजवंशी छन् ।
हेर्नुस् प्रदेश १ का जिल्लाहरुमा इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी पाउने नेताहरु :

nekapa