धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिले ३७ औं स्वर्गीय वीपी स्मृति दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरी मनाएको छ ।

धरान १३ स्थित रहेको निर्माणाधीन वीपी स्मृति पार्कमा सोमबार वृक्षरोपण कार्यक्रमको आयोजना गरी स्मृति दिवस भव्यरुपले मनाएको हो । सो वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धरान उपमहानगरका सभापति तीलक राईले वृक्षरोपण कार्यक्रमले पार्टी र कार्यकर्ताबीच अझ बलियो बनाएको बताए । वृक्षरोपण कार्यक्रम नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरीराज आचार्यको प्रमुख आथितिथ्यमा भएको थियो । आचार्यले वृक्षरोपण कार्यक्रममा सम्बोधन गर्दै वीपी कोइराला नेपालीको मात्र नेता नभइ एसियाकै नेता भएको बताए ।

congress2

नेपाली कांग्रेस धरानले धरान १३ मा रहेको निर्माणाधीन स्व वीपी स्मृति पार्कमा १ सय १ वटा विभिन्न प्रजातिका बोट विरुवा रोपेर विपी स्मृति दिवस मनाएको हो । उक्त वृक्षरोपन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, नेपाली काग्रेस सुनसरी जिल्ला सचिव सुरेन्द्र गोले तामाङ, नगर सचिव श्याम भट्टराई लगायत पार्टिका सुभेक्छुक तथा भातृसंगठनका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

congress1