सुनसरी: ब्यक्तिले भोगचलन गर्दै आएको सार्वजनिक पोखरीहरु उपमहानगरपालिकाको मातहत ल्याइदै छ ।

जमिन्दारहरुले पचासौ बर्षदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको छ । इटहरी ४ को चौधरी टोलस्थित साढे ५ कठ्ठाको पोखरीमा ९ पोका माछाका भुरा हालिएको छ ।

यसैगरि इटहरी १८ स्थित १० कठ्ठा क्षेत्रफलको डकाहा पोखरीमा १० पोका माछाका भुरा हालिएको छ । इटहरीको अन्य वडाका सार्वजनिक पोखरीहरुमा समेत माछाका भुरा हालिने उपहानगरले जनाएको छ । ती पोखरीहरुमा माछापालन गरी उपमहानगरको आन्तरिक आम्दानी वृद्धि गरिने मेयर द्धारिकलाल चौधरीले बताए ।

उपमहानगरले नगरभित्र रहेका सार्वजनिक जग्गा खोजी अभियानलाई तीब्र बनाउने क्रममा ब्यक्तिले बर्षौदेखि भोगचलन गर्दै आएको करौडौका पोखरीहरु उपमहानगर मातहत ल्याइएको हो ।