विराटनगर: बर्षातको पानी प्रदेश नं १ को सभाहल भित्र नै पसेर डुबान परेपछि संसदको बैठक १० दिनको लागि स्थगित गरिएको छ ।

आज बुधबार चौथो तथा बजेट अधिवेशनको २७ औं बैठक थियो । तर, बर्षातको पानी सभा हलभित्र पसेर डुबान भएपछि बैठक स्थगित गरिएको हो । बर्षातको पानी संसदको रोष्ट्रमसम्मै पुगेको थियो । प्रदेश सभामा पानी भरिन थालेपछि प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै बिशेष कारणवस बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

pradesh-sava1

सचिव पराजुलीले जारी गरेको सुचनामा आज स्थगित भएको बैठक साउन १९ गते १ बजे बस्ने पनि जानकारी दिएका छन् । लगातारको बर्षाले संसद्को बैठकस्थलमै पानी पसेको छ । यसअघि पनि संसद भवनभित्र पानी भरिएपछि मोटरले तानेर फाल्ने गरिएको थियो । संसद्को बैठक हल गहिरो भाग भएकोले बर्षात हुनुबित्तिकै पानी र ढलको फोहोरसमेत बैठक हलमा पुग्छ । बर्षातको समयमा विराटनगर डुबानमा पर्ने भएकोले राजधानी, प्रदेशसभा हल अन्यत्र सार्नुपर्ने माग प्रदेश सांसदहरुले नै उठाउदै आएका थिए । तर, सुनुवाई हुन सकेको छैन । 

pradesh-sava