धरान: रोटरी क्लब अफ धरानले आफ्नो ३५ औं पदस्थापन समारोहको अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने ३ व्यक्तित्वलाई अभिनन्दन र सम्मान गरिएको छ ।

रोटरीले समाजसेवामा उत्कृष्ट योगदान पुर्याएवापत समाजसेवी सरला कायस्थलाई अभिनन्दन गरेको छ । कायस्थ धरानकी अग्रणी महिला समाजसेवी हुन् । यस्तै, बर्षेनी प्रदान गर्ने भोकेशनल अवार्डबाट लुमन्ती संस्थाकी कार्यक्रम संयोजक लक्ष्मी राई र पुर्व ट्राफिक प्रहरीका सई एल.बि.कार्कीलाई क्लबले सम्मान गरेको छ । सम्मानित राई एक दशक धरानमा रहदा समाजमा पुर्याएको योगदानको कदर गर्दै यो अवार्ड दिइएको क्लबले जनाएको छ । यस्तै, ट्राफिक व्यवस्थापनमा पुर्याएको योगदानको कदर स्वरुप पुर्व सई कार्कीलाई पनि अवार्ड दिइएको क्लबको भनाई छ ।

समारोहमा बर्ष २०१८/१९ का अध्यक्ष सुरेन्द्रमान स्थापितबाट बर्ष २०१९/ २० का अध्यक्ष रोबिन श्रेष्ठलाई पदभार हस्तान्तरण गरिएको थियो । साथै, सोही समारोहमा रोटर्याक क्लब अफ धरानको १९ औ पदस्थापन पनि गरिएको थियो । रोटर्याक २०१८/१९ को अध्यक्ष विवेक अग्रवालले २०१९/२० को अध्यक्ष शुभ न्यौपानेलाइ पद हस्तान्तण गरेका थिए । रोटरी र रोटर्याक क्लब दुवैको नयाँ कार्यसमिति पनि घोषणा गरेको थियो । रोटरीको २० सदस्यीय कार्यसमिति बनेको छ भने रोटर्याकको १८ सदस्यीय कार्यसमिति गठन भएको छ ।

sarala

यसैगरी, कार्यक्रममा ११ जना विभिन्न क्षेत्रको युवाहरुलाई रोटरी क्लबको सदस्यता पनि प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि रोटरीको पुर्व डिष्ट्रिक गर्भनर सञ्जय गिरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरीसँगै पुर्व गर्भनर बासुदेव गोल्यान, गर्भनर इलेक्ट राजिव पोखरेल, गर्भनर नोमिनी सन्तोष रिजाल, एसिस्टेन्ट गर्भनर भैरव रिजाललगायतले पनि मन्तव्य राखेका थिए । रोटरी क्लबले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यो बर्ष एउटा डाइलाइसिस मेशिन र इको गर्ने मेशिन रोटरी इन्टरनेशनल क्लबमार्फत ल्याएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोगको पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

rotarie