धरान : श्री सरस्वती बाल आश्रममा गत श्रावण ४ गते भएको निर्वाचनमा दानबहादुर राईको अध्यक्षतामा सर्वसम्मत् नया“ कार्यसमिति चयन भएको छ ।

यसैगरी शुक्रबार बसेको पहिलो बैठकबाट नवगठित कार्यसमितिका सदस्यबाट प्रथम उपाध्यक्षमा विष्णुकुमार राई, द्धितिय उपाध्यक्षमा रुक्मणि मास्के, महासचिवमा मनिष खड्गी, सचिवमा भरत खड्का र कोषाध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा रन्जिता कट्वाल, शान्ता अधिकारी, हरिभगत श्रेष्ठ, झन्कार गोबिन्द लाखे, हरिहर प्यारा श्रेष्ठ, राजेन्द्र कुमार भण्डारी, हरिप्रसाद साही, विकास कुमार बनेपाली, विष्णुमाया लिम्बु, बिबेक अग्रवाल, सुजता राई र एलिना मगरलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष राईले आश्रममा करिब दुई दशकदेखि सेवा गर्दै आइरहेका छन् । यसअघिको कार्यसमितिमा उनले प्रथम उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् । उनी पूर्व गोर्खा भूपू सैनिक हुन् ।