काठमाण्डौं : शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वा्चित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ ।

विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् । सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितको असन्तुष्ट पक्ष पनि विधानअनुसार महाधिवेशन गर्ने कार्यकाल लम्ब्याउन तयार छ । नागरिक दैनिकबाट