पथरी: नगरको केन्द्र विवादमा फसेको पथरीशनिश्चरे नगरपालिकाले विवाद समाधान गर्न पहल थालेको छ ।

नगरपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा अढाइ वर्षदेखिको विवादको समाधान गर्न वडा नम्वर १० का अध्यक्ष सागर राईलाई जिम्मेवारी दिएको छ । नगरपालिकाको स्थायी केन्द्र टुङ्गो लगाउन र केन्द्रको कार्यालय भवन वनाउन जग्गा प्राप्तिको लागि राईलाई जिम्मेवारी तोकिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा यसअघि नै केन्द्र विवाद टुङ्गो लगाउन समिति गठन गरेको थियो । सोही समितिको वैठकले नगरपालिकाको स्थायी केन्द्रको विवाद सुल्झाउन प्रयास थालेको हो ।

जग्गा खोजी र प्राप्ती गर्ने जिम्मेवारी पाएका वडा अध्यक्ष राईले भने,‘नगरपालिकाको स्थायी केन्द्र नेपाल सरकारले तोकेकै स्थानमा कानुनी प्रक्रिया पु¥याएर अगाडि बढाउने छँु ।’ नगरपालिकाले केन्द्र विवादलाई सुल्झाएर जग्गा प्राप्तिको पहल गर्न उप्रमुखलाई संयोजक तोकी ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको समिति निर्माण गरेको थियो । समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तिको पहल र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुंगो लगाएर भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी पाएको हो ।

pathari 4

०६८ साल साउन ३२ गतेको राजनीतिक सहमति, त्यसपछि पुनरावेदन हुँदै सर्वोच्च अदालतले समेत गरेको फैसलाले समेत हालको वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा नगरपालिका केन्द्र तोकिएको थियो । तर सो क्षेत्रमा जग्गा प्राप्ति भइनसकेको भन्दै नगरपालिकाले साविकको पथरी गाविस कार्यालयमा अस्थाई केन्द्रका राखिएको छ । जसका कारण भवन साँघुरो भएर कामकाजमा समस्या हुँदै आएको छ ।
वडा नम्वर १० तर्फका बासिन्दाहले भनें अदालतको निर्णयलाई कार्यान्वयन नगरी अपहेलना गरेको भन्दै नगरपालिका माथि अपहेलनाको थप मुद्दा समेत लगाएका छन् ।

प्रदेश नम्वर १ सरकारले भुटानी शरणार्थी शिविर भएको स्थानमा जातीय संग्र्रालय निर्माणका लागी १ करोड ५० लाख रुपयाँ वजेट विनियोजन गरेको छ । योसंगै स्थानीयबासीले सो जग्गामा नगरपालिकाको केन्द्र स्थापना नगर्न षड्यन्त्र भएको भन्दै सो को विरोध गरेका छन् । उनीहरुले शिविर क्षेत्रमै प्रदेश सरकारले निर्माण प्रक्रिया अघि सारेको अवस्थामा सोही ठाउँमा नगरपालिका कार्यालय भवनका लागि पनि जग्गाप्राप्तिमा सहजता हुने जिकिर गरेका छन् ।