भोजपुर: विभिन्न कारणले रिक्त रहेको पदको निर्वाचन गर्ने तयारी भइरहदा भोजपुरका एक वडाअध्यक्षको पनि निधन भएको छ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको हो ।

निमोनियाबाट ग्रसित पाण्डेको ७२ बर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । उनलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउने त्रक्रममा निधन भएको वडा सदस्य दिपक सुवेदीले जानकारी दिए । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई विपी प्रतिष्ठान रिफर गरिएको थियो । निर्वाचन आयोगले आगामी मंसिर १४ गते स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको रिक्त पदमा निर्वाचन गर्ने तयारी गरिरहेको छ ।