काठमाण्डौ : सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् ।

बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६र७७ का लागि कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५÷७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।