धरान: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को अधिबेशन यहि साउन २९, ३० र ३१ गते उदयपुरको गाईघाटमा हुने भएको छ ।

सुनसरीको इटहरीमा सोमबार बसेको प्रदेश तदर्थ समितिको भेलाले यस्तो निर्णय गरेको हो । प्रदेश नम्बर १ का इन्चार्च तथा तदर्थ समितिका संयोजक दिपिन राईको अध्यक्षतामा बसेको बैठकले अधिबेशनको तयारी तिब्र पारिएको बताइएको छ । अधिबेशनका लागी ७ वटा उपसमितहरुको गठन गरिएको छ ।

उपसमितिमा अतिथि सत्कार उपसमिति ,खाद्य तथा आबास समिति, प्रचार प्रसार समिति, अनुगमन र प्रतिनिधि लगायतको बिषयमा छलफल गरिएको थियो । भेलामा संघीय सचीव कमन देवान फोनिजका केन्द्रिय पुर्बउपाध्यक्ष तथा केन्द्रिय सल्लाहाकार भैरब आङलाको उपस्थितिमा भेला सम्पन भएको अधिबेशन तदर्थ समितिका सचीव राम योङहाङ्ले जानकारी दिए ।