धरान : १९ औ अन्तरराष्ट्रिय युवा दिवस धरानमा पनि मनाएको छ । धरानको भानुचौकमा सोमबार दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी युवा दिवस मनाएको हो ।

रास्ट्रीय युवा परिषद सुनसरी, नेप्लीज युथ कम्यनिटीको प्रमुख आयोजना तथा निराजन युवा क्लब, लियो क्लब अफ दन्तकाली, धरान, र भोटिया स्पोर्टिङ क्लब लगायतको आयोजनामा गरेका हुन् । कार्यक्रमलाई युवा परिषद् सुनसरी अध्यक्ष हर्क एभेङले युवाहरुको सवाल उठेकाले नै २०५२ सालमा नेपाल सरकारलाई युवा मन्त्रालय स्थापना हुनुपर्ने माग गर्दा २०६४ सालमा युवा तथा खेलकुद मन्त्रालय स्थापना भएको बताए ।

कार्यक्रमलाई प्रदेश नम्बर १ का सांसद उमिता बराइलिले शुभकामना मन्तव्य दिदै धरानमा युवा तथा खेलकुदको लागि भनेर प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको बताए ।
१९ औ अन्तर्रा्िष्ट्रय युबा दिवसलाई शुभकामना मन्तव्य दिदै नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सचिब सुजेन्द्र तामाङ गोलेले देशमा युबा बिहिन अवस्थामा समृद्ध नेपाल सुखी नेपालीको नारा लगाएर नहुने बताए । उनले राष्ट्र निर्माणमा युबाको भुमिका आवस्यकता रहेको भन्दै रास्ट्र निर्माणमा आफ्नो भिमिका खोज्नुपर्ने बताए ।
शुभकामना मन्तव्य दिदै समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बुले युबाको लागि स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्नेमा तेता ध्यान नगएको आरोप लगाए । नगरपालिकाको बजेट एकत्रित नभै वडागत रुपमा गएको भए पनि न्युन रुपमा गएको तर सम्बन्धित सरोकार युबालाई चासो समेत नगरेको बताए ।

यसैगरी कार्यक्रममा नेकपा प्रदेश सदस्य विजय राई, आईन्द्र बिक्रम बेघा, नेकपा सुनसरी सदस्य प्रकास राई, राष्ट्रिय जनमुक्ति पार्टी धरान नगर अध्यक्ष चित्रराज थापा मगर, स्ववियु महेन्द्र क्याम्पस धरानका अध्यक्ष सरगम सागर चेम्जोङ, सदस्य उदीप लावती, पहिचानबादी युवा अभियान्ता जय सम्बाहाप्फे, सेवक अभियानका सचिव खगेन्द्र कुवर, धरान संखुवासभा सरोकार समाजका अध्यक्ष मिङ्मा भोटेलगायतको उपस्थीति रहेको थियो ।