काठमाडौं : राष्ट्रिय परिचयपत्र आफैंले सच्याएमा पाँचदेखि १० वर्षसम्म कैद सजाय हुने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सो सजाय राने सहमति भएको हो ।

‘झूठो विवरण दिई परिचयपत्र लिएमा वा परिचयपत्रको विवरण आफूखुशी थपघट गरेमा, केरमेट गरेमा वा सच्याएमा पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ’ भन्ने व्यवस्था विधेयकमा राख्न समितिमा सहमति भएको छ । –नागरिक दैनिकबाट