काठमाडौं : संघीय संसदमार्फत दिएको दबाबले सरकारलाई नछोएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन लगायत मुद्दालाई सडकमा लैजाने तयारी गरेको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक साताभित्रमा माग पुरा गराउन ध्यानाकर्षण गराउने बताए । ‘त्यसपछि पनि माग पुरा गर्ने प्रक्रिया अघि बढाइएन भने आन्दोलनमा जान्छौं,’ उनले भने । राजपाले ५ महिनाअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनमा जाने घोषणा गरेको थियो ।

राजपाले सडकमा लैजाने मुद्दा संविधान संशोधनका अतिरिक्त लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निलम्बित सांसद रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने माग प्रमुख छन् । –कान्तिपुर दैनिकबाट