काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरुपण र बेपत्ता आयोगको पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप नरोकिए सिफारिस समितिबाट बाहिरिने चेतावनी दिएको छ ।

संक्रमणकालिन न्यायका संयन्त्र स्वतन्त्र र पीडितमैत्री हुनुपर्ने बताउँदै दलीय हस्तक्षेप भए सिफारिस समितिको निष्पक्षता र वैधतामा प्रश्न उठ्ने भनाइ आयोगको छ । संक्रमणकालिन संयन्त्रमा तटस्थता र पारदर्शिता अभावका कारण द्वन्द्वपीडित न्यायविमुख हुने चिन्तासमेत आयोगको छ ।

आयोग अध्यक्ष अनुपराज शर्माले सिफारिस समितिले गर्नुपर्ने काम दलका नेताले गर्न खोजेका कारण तटस्थता र निष्पक्षतामा प्रश्न उठेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट