सुनसरी: इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ ।

सडक सशासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखी चोकदेखि सडकको दायाँ वाँया साढे ८२ फिट क्लियर गर्न सुरु गरिएको हो । एक सातासम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बताए । सात दिनसम्म आफै हटाउन अनुरोध गर्दा पनि नहटाए पछि उपमहानगरले हटाउन थालेको हो ।

itri-sadak2

रामधुनी नगरपालिकाको सिमासम्म सडक सफा गरिसकेपछि अर्को एक हप्ता पचरुखी पूर्व वुढि खोलासम्म पूनः अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाइने मेयर चौधरीले जानकारी दिए । गत बर्ष भदौमा वुढि खोलादेखि पचरुखीसम्म सफाई गरिएको थियो । यसबर्ष सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले सम्वन्धित विषयगत कार्यालय र सवै सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो । कार्यक्रममा सडकडिभिजन कार्यालय,टेलिकम,विद्युत,यातायात,उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

itri-sadak1