इटहरी: इटहरीमा चन्दा आतंक मच्चाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

इटहरी–११ का मोहन कार्कीले लामो समय अगाडिबाट इटहरीमा चन्दा आतंक मच्चाएको भन्दै ईलाका प्रहरी कार्यालय इटहरीले आइतबार पक्राउ गरेको हो । चन्दा मागेको भन्दै ब्यापारीहरुले गुनासो गरेपछि इलाका प्रहरी कार्यलय इटहरीले कार्कीलाई इटहरी–९ गैसारबाट पक्राउ गरेको जनाएको छ । उनी नेत्र विक्रम चन्द विप्लव समुहमा लागेर चन्दा आतंक गर्दै आएको र बिप्लवको बन्दको समयमा बम राखेको समेत आरोप लागेको छ ।