काठमाडौं : कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’को बहस चर्कन थालेको छ ।

सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । पार्टी बैठक र औपचारिक फोरममा छलफल भएको थिएन । पछिल्लो समय यो मुद्दालाई लएर पक्षरविपक्षमा बहस चर्कन थालेको हो । प्रारम्भमा तत्कालीन केन्द्रीय सदस्य खुमबहादुर खड्का र उनको समूहले हिन्दु राज्य स्थापनाको अभियान चलाएका थिए । उनको निधनपछि सुषुप्तजस्तै बनेको अभियानमा कांग्रेस महामन्त्री कोइराला जोडिए । त्यसपछि पार्टी्भित्र हिन्दु राष्ट्रको पक्षमा पार्टी्भित्रै माहोल बढ्दै जान थालेको हो ।

जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा सदस्यहरु बालकृष्ण खाँण, शेखर कोइराला र एनपी साउदले हिन्दु राष्ट्रबारे दृष्टिकोण राखेका थिए । केन्द्रीय सदस्य कोइरालाले आगामी महाधिवेशनसम्म हिन्दु राष्ट्रको पक्षमा दुई तिहाइ पुग्न सक्ने भन्दै नेतृत्वलाई अहिल्यैदेखि गम्भीरतापूर्वक सोच्न सचेत गराए । –कान्तिपुर दैनिकबाट