काठमाडौं : कांग्रेसमा धार्मिक स्वतन्त्रताका पक्षमा बहस चलेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले धर्म्निरपेक्षताको विरोध गर्दै धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्रका पक्षमा आवाज उठाएका हुन् ।

शीर्ष नेताहरुले भने यस विषयमा जवाफ दिएका छैनन् । सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, शंकर भण्डारीलगायतले धार्मिक स्वतन्त्रताबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका थिए ।

सहमहामन्त्री महतले धर्म निरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुनुपर्नेमा जोड दिएका थिए । उनले सनातन धर्मको रक्षा र अन्य धर्मको सम्मान गर्नुपर्ने बताएका थिए । पार्टी सभापति शेरबहादुर देउवाले धर्मका विषयमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा कुनै जवाफ दिएनन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट