धरान: नेपाल नगरपालिका संघ प्रदेश समितिको संयोजकमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत चयन भएका छन् ।

धरानमा सम्पन्न संघको दोस्रो सम्मेलन तथा प्रथम अधिवेशनले बस्नेतको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसंयोजकमा मेचीनगर नगरपालिकाका विमल अचार्य चयन भएका छन् । यस्तै, संघको सदस्यहरूमा चिन्तन थिङ्ग तामाङ(धनकुटा), बम बहादुर भट्टराई (फुङ्लिङ नपा), विनादेवि राई(रूपाकोट नपा), पवित्रा महतरा(विर्तामोड नपा), चन्द्र शेर्मा (शिवसताक्क्षी नपा), मोहन श्रेष्ठ,(सिद्दीचरण नपा), जीवन श्रेष्ठ(भद्रपुर नपा) र मुरारी खतिवडा(खाँदवारी नपा) चयन भएका छन् ।

यस्तै, मञ्जु अघिकारी(महालक्ष्मी नपा), खड्ग फाँगु(उर्लावारी नपा), राजन मेहता(इनरूवा नपा) सुनिता दहाल(दुहवी), रीता कुमारी चौधरी(चौदण्ढीगढी नपा) कैलाश कुमार आले(भोजपुर नपा), रोहित कुमार शाह(गौरादह नपा) र रमेश कुमार जिमी(धर्मदेवि नपा) पनि संघको कार्यसमिति सदस्यमा चयन भएका छन् ।

सोही सम्मेलनले मेची नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको संयोजकत्वमा ७ सदस्यीय महिला विभाग पनि सम्मेलनले गठन गरेको छ । विभागको सदस्यहरुमा शोभा घिमिरे(धर्मदेवि नपा), मञ्जु प्रसाईं(कन्काई नपा), पविमाया राई(देउमाई नपा), ममिता राई(भोजपुर नपा), देवी कुमारी चौधरी(त्रियुगा नपा) र तिला पोखरेल(लालीगराँस नपा) रहेका छन् ।