धरान : उपप्रधानमन्त्री स्वास्थ्य जनसंख्या मन्त्री एवम् समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव धरान आएको अवसर पारेर सोमबार पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा सुनसरी जिल्ला बराह नगरपालिका वडा नम्बर ११ मधुबनबाट महेन्द्र मण्डल, भुजिन्द्र गार्मी, र्व्बुज मंसुरी, हरिमोहन मण्डल, छेदि रिसिदेब, सुन्दर रिसिदेब, चन्दन रिसिदेब, साहमुद्दिन मन्सुरी रहेका छन् ।

उपप्रधानमन्त्री यादव वीपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा स्थापना दिवस कार्यक्रममा आईतवार आएका थिए । सोमबार बिहान प्रतिष्ठान हाताभित्र स्थापना दिवस सकिएपछि धरान १० स्थित किरात राई यायोक्खा भवनमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम राखेका थिए । भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री यादवले नेकपा र काङ्ग्रेसलाई समावेसी अपाच्य भएको बताए । लोकसेवाको बिज्ञापन विरुद्ध पार्टीले विरोध गरेको भन्दै नेकपा र काङ्ग्रेसले भएको अधिकार कटौती गर्न लागेको बताए । संविधानमा मुलभुत कुराहरु संघीयता, गणतन्त्र, धर्म निरपेक्ष, समावेसी, जाती, वर्ग, सामाजिक न्यायका आधारलाई लिएर पार्टी अगाडि बढ्ने यादवले बताए । उनले अहिले भएको परिवर्तनलाई संस्थागत गर्न आवस्यक भएकोले संघीयता गणतन्त्र धर्म्निरपेक्ष बचाएर संस्थागत गर्न आवस्यक भएको बताए । वर्तमान संघीयता तत्कालीन राज्यपुनर्संरचना आयोगको प्रतिवेदन विपरित भएको भन्दै संघीयता बनाउने आधार पहिचानको पाँच र सामथ्र्यको चार आधारमा नभएको बताए । जस्ले समस्याको हल नगर्ने भन्दै दस प्लस एकले मात्र समाधान गर्ने बताए । नेपालमा दुईतिहाई भन्दा बढी जनता राज्यको हरेक पहुच बाहिर रहेकोले विभेदमा रहेको बताए ।

प्रदेश नम्बर १ का सांसद जयराम यादवले समाजवादीको हाल प्रदेश १ मा ३ जना सांसद रहेको भन्दै प्रदेशमा कानुन बनाउँदा समाजवादीको एजेन्डा मुद्दासंग मिलेलाई सर्वसम्मत रुपमा पारित गरेको भन्दै पार्टीको एजेन्डा बिपरितको कानुलाई समर्थ नगरिने स्पष्ट पारे । पार्टीले असहमति जनाएका कानुन आगामी दिनमा पार्टीको बहुमत भएको बेला अवस्य पारित हुनेमा बिश्वास भएको बताए । कार्यक्रममा धरान नगर अध्यक्ष ताजुप लिम्बुले बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको अनियमिततालाई पार्टी सरकारमा भएको र सम्बन्धित मन्त्रालय समेतमा पर्ने भएकोले समाधान गर्न ध्यानाकर्षण गराए ।